सशस्त्र प्रहरीको टोलीले निकाल्यो सेती नदीबाट शव

सशस्त्र प्रहरीको टोलीले निकाल्यो सेती नदीबाट शव

सशस्त्र प्रहरी बल नेपालको टोलीले सेती नदीमा हामफालेर ज्यान गुमाएका व्यक्तिको शव निकालेको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ बस्ने २९ वर्षीय नरेश थापाको शव सशस्त्र प्रहरीले निकालेको हो । 

गत शुक्रबार दुर्गाथली गाउँपालिका वडा नम्बर २ झननास्थित सेती नदीमा हामफालेर बेपत्ता भएका नरेशको शव भेटिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गोताखोर टोलीले माघ शनिबारदेखि खोजी कार्य थालेको थियो । 

उनको शव सेती नदीको दहमा फेला परेको जनाइएको छ ।

टिप्पणीहरू