बाख्रा फर्ममा आगो लाग्दा कुखुरा जलेर खरानी
तनहुँमा विद्युत सर्ट भई आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ ।
बन्दिपुर नगरपालिका–५ याम्पाका चेतप्रसाद तिवारीको कुमलटारी बाख्रा फर्ममा हिजो दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट फर्ममा रहेका सयवटा कुखुरा र केही चल्ला जलेका छन् ।
साथै, नजिकै रहेको परालको टौवासमेत जलेर करिब ६५ लाख मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू