परराष्ट्र मन्त्रालयमा पहिले उत्तर कोरिया, त्यसपछि जर्मनीका राजदूत

परराष्ट्र मन्त्रालयमा पहिले उत्तर कोरिया, त्यसपछि जर्मनीका राजदूत

परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग आज दुई जना राजदूतले शिष्टाचार भेट गरेका छन् । मन्त्री पौडेलसँग परराष्ट्र मन्त्रालयमा उत्तर कोरिया र जर्मनीका राजदूतले भेटवार्ता गरेका हुन् । मन्त्री पौडेल र उत्तर कोरियाका राजदूत जो योङ मनबीच बिहान कार्यालय खुलेलगत्तै भेट भएको हो । उहाँहरुबीच आधा घण्टा कुराकानी भएको बताइएको छ । 

त्यसपछि नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज भेटघाटको निम्ति मन्त्रालय पुग्नुभएको हो । उहाँले मन्त्री पौडेलसँग पौने घण्टा छलफल गर्नुभएको हो ।

 

टिप्पणीहरू