चीनमा अनौठो कला : कागजमा आगो झोसेर बनाइयो आकर्षक पेन्टिङ

स्रोत : सिन्ह्वा

चीनमा कला सिर्जनामा नयाँ प्रयोग गरिएको छ । चित्र कोरेर ठिक्क पारेपछि सोही कागजमा आगो लगाउँदै अनौठो पेन्टिङ गरिएको देखिएको छ ।

चीनको साङ्घाई शहरमा एउटी महिला चित्रकारले पहिले चित्र कोरेर त्यसमाथि आगो लगाएको चिनियाँ समाचार समिति सिन्ह्वाको भिडियोमा देखिन्छ । उनले पहाडी दृश्यको चित्र कोरेपछि जंगल क्षेत्रमा आगलागी भएको देखाउन विशेष तरिकाले आगो लगाएकी हुन् । 

सोही आगोको फिलिङ्गोले चित्रमा विशेष खालको जीवन्त दृश्य भरेको हो ।

टिप्पणीहरू