देशको आर्थिक अवस्थावारे साँझ विवरण आउँदै

देशको आर्थिक अवस्थावारे साँझ विवरण आउँदै

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी गराउनुहुने भएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको डेढ महिनामै अर्थतन्त्र सुध्रिएको दावी गर्दै आउनुभएका उहाँले साँझ ५ बजे पत्रकार सम्मेलन गरी यसबारे थप प्रष्ट पार्न लाग्नुभएको हो । 

बजेटको मध्यावधी समीक्षा गर्न अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको अर्थमन्त्रीको सचिवालयले जानकारी गराएको छ । सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकतामा राखेका अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आउनुभएको छ ।

टिप्पणीहरू