गृहमन्त्री नियुक्त गर्न ज्ञानेन्द्रको माग
पूर्वपञ्चहरुको पार्टी राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीले आफैँ गृह मन्त्रालयको जिम्मा लिन नहुने बताएका छन् । देशमा भइरहेको अराजक स्थितिलाई नियन्त्रणमा लिन उनले तत्काल गृहमन्त्री नियुक्त गर्न पनि माग गरे ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनाले देशमा सरकार नभएको आभास गराएको बताए । देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृहमन्त्री नियुक्त नहुँदा यस्तो अवस्था सृजना भएको उनको भनाई छ ।
सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने भन्दै शाहीले राप्रपासमेत सम्मिलित सरकारमाथि कटाक्ष पनि गरे ।
टिप्पणीहरू