‘स्पट फिक्सिङ’ मा १० जनामाथि मुद्दा चलाउन सिआईबीको सिफारिस

‘स्पट फिक्सिङ’ मा १० जनामाथि मुद्दा चलाउन सिआईबीको सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले नेपाल टी–२० लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ को अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट आज सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकी ७ जनालाई पक्राउ गर्न वा मुद्दा चलाउन सिआईबीको रिपोर्टमा उल्लेख छ । 

सिआइबीले १० जनालाई प्रतिवादी बनाईएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ । 

गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको  नेपाली टी–२० लिगका खेलमा ‘स्पट फिक्सिङ’ भएको खुलेपछि सीआईबीले लामो अनुसन्धान गरेको थियो । जसका कारण नेपाल क्रिकेट संघ र उसको नेतृत्व विवादको घेरामा परेको छ ।

टिप्पणीहरू