विश्वकप खेल्ने खेलाडीबारे क्याप्टेन र कोच प्रष्ट

विश्वकप खेल्ने खेलाडीबारे क्याप्टेन र कोच प्रष्ट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसीसी टी-२० विश्वकपका खेल्ने खेलाडीबारे स्पष्ट भैसकेको बताएका छन् । 

आज वेस्ट इन्डिज ‘ए’सँगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फ्ररेन्समा उनले अहिले खेलिरहेका सबै खेलाडी फिट रहेपनि विश्वकपका लागि १५ खेलाडीबारे स्पष्ट भैसकेको जानकारी दिएका हुन् । त्यसक्रममा कप्तान पौडेलले विश्वकप खेल्न खेलाडी तयारी अवस्थामा रहेको पनि बताए ।

वेस्ट इण्डिजसँगको खेलमा सबैलाई मौका दिइएको जनाउँदै उनले विश्वकप खेल्ने नेपाली टिम मजबुद रहेको पनि दाबी गरेका छन् । त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’सँगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए । 

उनले नेपाली टीमको तयारीप्रति पूर्णरूपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हानसक्ने अवस्थामा रहेको जिकिर गरे ।

टिप्पणीहरू