क्रिकेट मैदानको काम हेर्न मन्त्रीहरु कीर्तिपुरमा

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरमा निर्माणाधीन त्रिवि किक्रेट मैदानको अवलोकन गरेका छन् ।
नेपालको पुरानो र अन्तराष्ट्रिय मान्यताप्राप्त उक्त मैदानलाई रंगशालामा परिणत गर्नेगरी अहिले फ्लड लाइट र प्याराफिट निर्माणको काम भैरहेको छ । संघीय सरकारले विशेष प्राथमिकतामा राखेर काम अघि बढाएको उक्त परियोजनाको कार्य प्रगति बुझ्न मन्त्रीद्वय आज बिहान मैदानमा पुगेका हुन् ।
शहरी विकास मन्त्रालय माताहतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले गत पुसमा फ्लड लाइट जडान र अन्तराष्ट्रियस्तरको प्यारफिट निर्माणको लागि बोलपत्र आह्वान गरेकोमा अहिले स्वीकृत भएका दुई कम्पनीले छुट्टा-छुट्टै काम गरिरहेका छन् । फ्लड लाइट जडानका लागि एक करोड ७३ लाख र प्याराफिटतर्फ एक करोड ६२ लाख लागत अनुमान गरिएको छ ।
अनुगमनपछि उप्रधानमन्त्री सिंह र मन्त्री चौधरीले क्रिकेट मैदानको काम गुणस्तरीय ढंगबाट चाँडै सक्न निर्देशन दिए ।
तस्बिरहरु
टिप्पणीहरू