मिनिट्रक दुर्घटनामा चालक बिते, सहचालक गम्भीर घाइते
काभ्रेपलाञ्चोकमा आज बिहान भएको सवारी दुर्घटनामा चालकको निधन भएको छ । सह चालकको अवस्था गम्भीर रहेको बताइएको छ ।
भकुण्डेबेशीबाट धुलिखेल आउँदै गरेको बा.५ ख ३०४३ नम्बरको मिनिट्रक आज बिहान ५ बजे दुर्घटनामा परेको हो । मिनिट्रक सडकबाट झण्डै दुई सय मीटर तल खस्दा चालक र सहचालक दुबै घाइते भएका थिए ।
मिनिट्रक चालक रामेछापको मन्थली नगरपालिका १४, फुलासी पोखरीका ३५ वर्षे अभिजल काफ्लेको धुलिखेल अस्पतलामा उपचारको क्रममा बिहान ७ बजे निधन भएको हो । सहचालक दोलखा मेलुङ गाउँपालिका ६ बस्ने वर्ष १७ का कुवेर ठकुरी सख्त घाइते भएको बताइएको छ ।
उनको बायाँ हात, गोडा र शरीरका विभिन्न भागमा चोट लागेको धुलिखेल अस्पतालले जनाएको छ ।
टिप्पणीहरू