प्रधानमन्त्रीसँग सञ्चारमन्त्री र प्रदेशमन्त्रीको पालैपालो भेट

प्रधानमन्त्रीसँग सञ्चारमन्त्री र प्रदेशमन्त्रीको पालैपालो भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भेटवार्ता गर्नुभएको छ । सञ्चारमन्त्री शर्मा प्रधानमन्त्रीसँग कुराकानी गर्न आज बिहान साढे ७ बजे उहाँको सरकारी निवास बालुवाटार जानुभएको हो । मन्त्री शर्मा प्रधानमन्त्रीसँग आधा घण्टा कुराकानी गरेपछि ८ बजेको समयमा त्यहाँबाट बाहिरिनुभएको हो ।

मन्त्री शर्मा निस्केपछि बालुवाटारमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री पुग्नुभएको प्रधानमन्त्री निवास स्रोतको दाबी छ । मन्त्री जोखबहादुर महराले प्रधानमन्त्री दाहालसँग झण्डै ९ बजेसम्म कुराकानी गर्नुभएको हो ।
 

टिप्पणीहरू