बैंकको ब्याजदर घटाउन माग गर्दै सुदूरका व्यवसायीहरु सडकमा

बैंकको ब्याजदर घटाउन माग गर्दै सुदूरका व्यवसायीहरु सडकमा

बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरको विरोधमा सुदूरपश्चिमका उद्योग व्यवसायीहरुले आन्दोलन गरेका छन् । वित्तीय नीति सुधारको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

त्यसक्रममा बैंकको बढ्दो ब्याजविरुद्ध धनगढीको चौराहदेखि पार्क मोडसम्म ‘विरोध र्याली’ निकालिएको छ । हाम्रो प्रदेश महासंघ, कैलाली उद्योग वाणिज्य महासंघलगायत विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा भएको आन्दोलनले पार्क मोडमा पुगेर कोणसभा गरिएको छ । 

आन्दोलनकारीहरुले, ‘एक अंकको ब्याजदर कायम हुनुपर्ने’,‘लिलाम प्रक्रिया स्थगित गर्नुपर्ने’,‘सेवाशुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिनुपर्ने’ लगायतका माग राखेका छन् । 

विरोध प्रदर्शनमा सुदूरपश्चिम ब्यूटीपार्लन एशोसिएशन, होलसेल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी संघ, सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएशनलगायत संघसंस्थाले एक्युबद्धता जनाएका थिए ।

टिप्पणीहरू