सन्दीपसँग स्कटिस खेलाडीले आज पनि हात मिलाएनन्

सन्दीपसँग स्कटिस खेलाडीले आज पनि हात मिलाएनन्

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलपछि स्कटल्यान्डका खेलाडीले पूर्वकप्तान सन्दीप लामिछानेसँग आज पनि हात मिलाएनन् । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा केही बेरअघि सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ । खेलपछि दुवै टिमका खेलाडी र अफिसियलले मैदानमा हात मिलाएर हार्दिकता साट्ने गरिन्छ । तर, अघिल्लो खेलमा सन्दीपसँग हात नमिलाएका स्कटल्याण्डका खेलाडीले आज पनि  मिलाउन चाहेनन् ।    

सन्दीपमाथि उमेर नपुगेकी किशोरी बलात्कारको आरोप छ । उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएपछि उनी खेलमा फर्किए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । त्यसकारण स्कटल्यान्डका केही खेलाडीले हात मिलाउन नचाहेको थाहा पाएपछि अपमान महशुस गरेका सन्दीप आफैँले हात नमिलाउने निर्णय गरेको बताइन्छ । 

त्रिदेशीय सिरिजको अर्को टोली नामिबियाका खेलाडीसँग भने सन्दीपले दुवै खेलमा हात मिलाएर हार्दिकता साटेका थिए ।

टिप्पणीहरू