शुरू भयाे प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता

शुरू भयाे प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को उद्घाटन गर्नुभएको छ । 

प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासंघको संयुक्त आयोजनामा आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा मुलुकभरका २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवंगत प्रकाश दाहालको जन्मजयन्तीको अवसरमा सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महशुस गरेको बताउनुभयो ।

उहाँले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यो प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । 

आजदेखि शुरु प्रतियोगिता आगामी शुक्रबारसम्म सञ्चालन हुने बताइएको छ ।

टिप्पणीहरू