ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरियो

ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरियो

नेपाल ट्वान्टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको छ । वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि नेपालको इतिहास रच्ने अवसरमा धक्का लागेको छ ।

१ सय १६ रनको लक्ष्य लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १४ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा विजयका लागि २ रन चाहिने अवस्थामा ओटनेइल बार्टमानको बलका विट भएका गुलशन झा रन आउट भएका हुन्।

दक्षिण अफ्रिकाको लगातार चौथो विजय हो । यसअघिका तीन खेल जितेर दक्षिण अफ्रिका सुपर ‘एट’ मा पुगिसकेको थियो । नेपाल आजको हारपछि समूहचरणबाटै बाहिरिए पनि बंगलादेशसँग आइतबार समूहचरणको अन्तिम खेल खेल्दै छ ।

आजको खेलमा नेपालले टस जितेपछि ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ११५–७ को स्कोरमात्र बनाउन सकेको थियो । भुर्तेल र दीपेन्द्रसिंह ऐरीको चम्किलो प्रदर्शनपछि नेपालले उत्कृष्ट बलिङ गरेको अवस्थामा पनि पराजय भोग्नु परेको हो ।

टिप्पणीहरू