सहाना प्रधानभन्दामाथि चौधरीको चित्र

सहाना प्रधानभन्दामाथि चौधरीको चित्र

आजदेखि राजधानीको त्रिपुरेश्वरस्थित कभर्डहलमा यु १९ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको छ । पहिलो साहना प्रधान उक्त भलिबल प्रतियोगिताको आयोजक विनोद चौधरीको वाइवाइ चाउचाउ हो ।

सहाना प्रधान फाउन्डेसनकी अध्यक्ष रामकुमारी झाँक्री र सिजी फुड्सका प्रमुख कार्यकारी निर्देशक प्रदीप पुडासैनीबीच सम्झौतापत्रमा अस्ति हस्ताक्षर भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिता उद्घाटन गर्नुभएको छ ।

चौधरी आफैँमा विवादास्पद छविका व्यापारी हुन् । उनको वाइवाइ चाउचाउको गुणस्तरलाई लिएर पछिल्लो समय निकै विवाद छ । काठमाडौं महानगरपालिकाले गत बैशाखमा वाइवाइ उत्पादन गर्ने सिजी ग्रुपलाई गुणस्तरहीन चाउचाउ बजारमा पठाएको भन्दै दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो ।
 
तर, बदनाम वाइवाइले आयोजना गरेको प्रतियोगितालाई नेपाली राजनीतिमा सर्वाधिक सम्मानित महिला नेतृ साहना प्रधानको नामसँग जोडिएको छ । स्वर्गीय प्रधान नेपाली राजनीतिज्ञ तथा पूर्वमन्त्री हुनुहुन्छ । उहाँले राणा शासनकालमा नै युवतीले पनि युवकसरह शिक्षाको अधिकार पाउनुपर्ने अभियानबाट राजनीतिक यात्रा शुरू गर्नुभएको थियो ।

उहाँ २०४६ सालको जनआन्दोलनमा संयुक्त वाम मोर्चाको संयोजक हुनुहुन्थ्यो । काठमाडौं असनमा जन्मनुभएकी प्रधान नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गीय पुष्पलालकी जीवन संगिनी हुनुहुन्छ । उहाँ पछिल्लो पटक डेढ दशकअघि परराष्ट्रमन्त्री बन्नुभएको थियो ।

नेपालको वाम राजनीति र महिला आन्दोलनमा उच्चस्थान बनाउनुभएकी प्रधानको नाममा आयोजना गरिने कुनै पनि खेलकुद वा कार्यक्रम कम्तीमा नेपाल सरकार आफैँले प्रायोजन गर्नसक्नुपर्छ । निजी क्षेत्रले नै लगानी गर्न खोजेमा पनि मुलुकभित्र चन्द्र ढकाल वा मीनबहादुर गुरुङ्गसहित सिजी र चौधरीभन्दा निकै इमान्दार कम्पनी तथा व्यावसायिक घराना थुप्रै छन् । 

पछिल्लो समय वाइवाइको गुणस्तरमाथि उब्जिएको प्रश्न चिन्हलाई मेटाउन चौधरी ग्रुपले सहाना प्रधानको नाममा भलिबल प्रतियोगिताको आयोजना गरेको सहजै अनुमान लगाउन सकिन्छ । भलै सह प्रायोजक तथा सहयोगी संस्थाहरुमा धेरै वटा राम्रा कम्पनीहरु देखिन्छन् ।

 

टिप्पणीहरू