‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मा सहभागी सबै शोकाकुल

‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मा सहभागी सबै शोकाकुल

बंगलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको छ । राजधानी ढाकामा रहेको केन्द्रीय शहीद मीनारमा बंगलादेशी नागरिकहरुले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएका हुन् । 

बंगलादेशले हरेक वर्ष यो दिनलाई शोकका रुपमा मनाउने गरेको छ । स्वयंसेवकहरुले यस दिवसको अवसरमा केन्द्रीय शहीद मीनार सजाउने गर्दछन् । यस दिन बंगलादेशमा राष्ट्रिय बिदासमेत दिने गरिएको छ । हरेक वर्ष फेब्रुअरी २१ तारिखमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै आएको छ । 

तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा बंगाली भाषालाई मातृभाषा घोषित गर्नुपर्छ भनि माग गर्दा त्यहाँका विद्यार्थीहरु मारिएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । 

सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रुपमा स्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघले यसलाई मातृभाषा दिवस भनेर घोषणा गरेपछि विश्वभरबाट यसले मान्यता पाएको बताइन्छ ।

फोटो/समाचार : सिन्ह्वा

टिप्पणीहरू