नारायणहिटी नजिकै गाँजा खेतीको छलफल
नीति अनुसन्धान प्रतिष्ठानले गाँजा खेतीको सम्भावना र चुनौतीबारे सरोकारवालाहरुसँग छलफल थालेको छ ।
आज दिउँसो नारायणहिटीस्थित प्रतिष्ठानको कार्यालयमा ‘गाँजा खेती सम्भावना र चुनौती’ विषयक संवाद कार्यक्रम गरिएको हो । कार्यक्रममा पूर्वमन्त्री तथा एमाले नेता शेरबहादुर तामाङ, रास्वपाका सांसद गणेश पराजुली, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा पूर्व प्रदेशमन्त्री केशव स्थापित, नीति अनुसन्धान प्रतिष्ठानका प्रवक्ता डा. मुकुन्दराज कट्टेललगायतले बोल्ने छन् । कार्यक्रममा यसका सरोकारवाला तीन दर्जनजतिको सहभागिता रहने जनाइएको छ ।
नेपालमा गाँजा खेतीलाई वैधानिकता दिलाउन सक्रिय पूर्वमन्त्री तामाङ र पूर्वमेयर स्थापितले लामो समयदेखि वकालत गर्दै आएका छन् ।
टिप्पणीहरू