संरक्षित संरचना भत्काइएपछि ललितपुरका स्थानीय रुष्ट, महानगरले ज्यादती गरेको आरोप
ललितपुर महानगरपालिकाले पूर्वजानकारी नगराई संरक्षित संरचनाहरु भत्काएपछि ताम्राकार समाजले आपत्ति जनाएको छ ।
समितिद्वारा संरक्षित उग्रचण्डी माई क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरु पूर्वसूचना र बिना योजना नगर प्रहरी लगाएर भत्काइएको भन्दै रुष्ट भएको ताम्राकार समाजले त्यसप्रति आपत्ति जनाएको छ । आज विज्ञप्ति जारी गर्दै समाजले स्थानीयले वडा कार्यालयमा समन्वय गर्दागर्दै नगर प्रहरीले संरचना भत्काएर ज्यादती गरेको बताएको छ ।
‘उग्रचण्डी माई क्षेत्रमा रहेको ऐतिहासिक सम्पदाहरु रहेको मोसिखेल चौरमा आज मिति २०७९ फागुन १० गते बिना सूचना तथा बिना योजना ललितपुर नगर प्रहरीद्वारा संरक्षित संरचनाहरु भत्काइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘समाज र स्थानीयद्वारा वडा कार्यालयमा समन्वय गर्दागर्दै गरेको सो ज्यादतीको घोर भत्र्सना गर्दछौं ।’
साथै, गुठी तथा स्थानीयलाई उक्त क्षेत्रको उचित व्यवस्थापन गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
टिप्पणीहरू