त्रिभुवन विश्वविद्यालयका सबै कलेजमा भोलि शोक बिदा, परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालयका सबै कलेजमा भोलि शोक बिदा, परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालयले त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चुडाराज उप्रेतीको निधनमा भोलि शोक बिदा दिने भएको छ । 

त्रिवि कार्यकारी परिषद्को बैठकले पूर्वअध्यक्ष प्राध्यापक उप्रेतीको निधनमा फागुन १२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो । तर, त्रिविले  पूर्वनिर्धारित परीक्षाहरु भने यथावत् सञ्चालन हुने जनाएको छ । 

विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले आज सूचना प्रकाशित गर्दै पूर्वनिर्धारित परीक्षाहरु यथावत् सञ्चालन हुने गरी त्रिवि केन्द्रीय कार्यालयलगायत सबै आंगिक क्याम्पस तथा कार्यालयहरुलाई शोक बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

उनले सूचनामा भनेका छन्, ‘त्रिवि कार्यकारी परिषद्को फागुन १० गतेको बैठकको निर्णयअनुसार त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चुडाराज उप्रेतीको यही फागुन ८ गते भएको दुःखद् निधनमा शोक व्यक्त गर्न फागुन १२ गते शुक्रबार एक दिन पूर्व निर्धारित परीक्षाहरु यथावत् सञ्चालन हुने गरी त्रिवि केन्द्रीय कार्यालयलगायत त्रिविका सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द गर्ने निर्णय भएको जानकारी गराइन्छ ।’

टिप्पणीहरू