काँग्रेसको एउटा बैठक अहिले, अर्को बैठक भोलि बिहान

काँग्रेसको एउटा बैठक अहिले, अर्को बैठक भोलि बिहान

नेपाली काँग्रेसले कार्य सम्पादन समितिको बैठक भोलि बोलाएको छ । पार्टीले राष्ट्रपति निर्वाचनमा उठाइने उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न भोलि बिहान उक्त समितिको बैठक डाकेको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी सूचनामा बैठक भोलि बिहान साढे ८ बजे राखिएको छ । उक्त बैठक पार्टी मुख्यालय सानेपामा राखिएको छ ।

काँग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

टिप्पणीहरू