सडक किनारका तार हटाउन ललितपुरको ताकेता
ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा क्षेत्र तथा पर्यटक मार्ग वरपरका क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका इन्टरनेट र टेलिफोनका तार हटाउन ताकेता गरेको छ ।
सुन्दर र स्मार्ट शहर बनाउने महानगरको अभियानलाई चूनौती दिदैँ इन्टरनेट सेवा प्रदायक तथा नेपाल टेलिकमले सडक किनारामा अव्यवस्थित रुपमा तार राखेको भन्दै महानगरले सात दिनभित्र हटाउन निर्देशन दिएको छ । आज सूचना प्रकाशित गर्दै महानगरले सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल पोलमा गुजुल्टिएका तारका कारण शहरलाई नै कुरुप पारेकोले एक साताभित्र नहटाए कारवाही गर्ने चेतावनी पनि दिएको छ ।
‘महानगरपालिकाको कार्यालय अगाडि, ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र सम्बन्धित निकायहरुले आफैँ हटाउनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ,‘यदि ७ (सात) दिनभित्र सम्बन्धित निकायहरुले आफैँ नहटाएमा ललितपुर महानगरपालिका कार्यालयद्धारा कारबाही भई जाने व्यहोरा जानकारी गराईन्छ ।’
टिप्पणीहरू