आइएमई पे र कन्काई नगरबीच व्यावसायिक सम्झौता
आइएमई पे र कन्काई नगरपालिकाबीच डिजिटल भुक्तानीसम्बन्धी एक महिने डिजिटेशन सम्झौता भएको छ ।
सम्झौतापश्चात् अब नगरपालिकाका सम्पूर्ण वडामा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्धन आइएमई पेले गर्नेछ । त्यस्तै, नगरपालिकाले सबै सम्बद्ध ग्राहकलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै डिजिटल भुक्तानी र अनलाइन कर तिर्नका लागि मार्गदर्शन गर्नेछ ।
आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवर्द्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
टिप्पणीहरू