भारत र श्रीलंकाबीच निरन्तर रक्षा संवाद

भारत र श्रीलंकाबीच निरन्तर रक्षा संवाद

भारत र श्रीलंकाबीच ७ औं वार्षिक रक्षा संवाद भएको छ । पछिल्लो संवादमा द्धिपक्षीय अभ्यास बढाउने सहमति भएको बताइएको छ ।  दुई मुलुकले रक्षा सहयोगमा भएका पछिल्ला आदानप्रदानको समीक्षा गर्दै एकअर्काको अनुभव र क्षमताबाट अधिकतम फाइदा उठाउँदै अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उक्त संवाद कार्यक्रमको सहअध्यक्षता भारतका रक्षा सचिव गिरिधर अरमाने र श्रीलंकाली समकक्षी जनरल कमल गुणरन्तेले गरेका थिए । अरमानेले साझा समझदारीका आधारमा भारतीय सहयोगको निरन्तर संलग्नताको अपेक्षा गरिएको बताएका हुन् ।

कोलम्बो गएको भारतीय प्रतिनिधिमण्डलमा रक्षा मन्त्रालय, मुख्यालय, एकीकृत रक्षा कर्मचारी, सेवा मुख्यालय र विदेश मन्त्रालयका अधिकारीहरु थिए ।  श्रीलंकाली टोलीमा वायुसेनाका कमाण्डर एयर मार्शल एसके पाथिरानालगायत अन्य वरिष्ठ अधिकारीहरु रहेको जानकारी दिइएको छ ।

भारत र श्रीलंकाले हरेक वर्ष रक्षा संवाद गर्दै आएका छन् । अर्को वर्ष यस्तै वार्ता भारतमा हुने छ ।

टिप्पणीहरू