सन्दीप लामिछानेलाई दुबई उडाउने तयारी तीब्र

सन्दीप लामिछानेलाई दुबई उडाउने तयारी तीब्र

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई आज संयुक्त अरब इमिरेट्सको दुबई पठाउने तयारी लगभग पूरा गरेको छ । सर्वोच्च अदातलले अस्ति सन्दीपमाथिको विदेश यात्रामा लागिरहेको प्रतिबन्ध फुकुवा गरेपछि क्यानले उनलाई यूएई सिरिजमा सहभागी गराउन त्यसतर्फ पठाउन लागेको हो ।

उनी आईसीसी लिग टुअन्तर्गत त्यहाँ जारी त्रिकोणात्मक सिरिज खेल्न दुबई जान लागेका हुन् । लामिछानेको भिसा हिजो साँझ आइसकेकाले आज साँझसम्म उनलाई दुबईतर्फ उडाउने सबै तयारी थालिएको क्यानका एक जना अधिकारीले बताए ।

यसअघि १५ जना नेपाली खेलाडीको राष्ट्रिय टोली दुबई पुगेर पपुवा न्यु गिनीलाई ४ विकेटले पराजित गरिसकेको छ । भोलि आयोजक राष्ट्र युएईसँग खेल्ने तालिका छ ।

टिप्पणीहरू