परिचयपत्र बनाउन सर्वसाधारणलाई जिल्ला प्रशासन, विशिष्टलाई राष्ट्रियसभा गृह

परिचयपत्र बनाउन सर्वसाधारणलाई जिल्ला प्रशासन, विशिष्टलाई राष्ट्रियसभा गृह

काठमाडौंमा बसोबास गर्दै आएका अन्य जिल्लाका नागरिकका लागि सरकारले उपत्यकाभित्र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने व्यवस्था मिलाएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंबाहिरका नागरिकलाई उपत्यकाभित्र राष्ट्रिय परिचयपत्र विवरण प्रविष्ट गर्ने प्रबन्ध गरेको छ । ललितपुर र भक्तपुरबाहेक बागमती प्रदेशका सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट यो सुविधा लिन सक्नेछन् । 

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशको सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट सुविधा लिन सक्ने विभागले जनाएको छ । नारायणहिटी दरबार परिसरबाट प्रदेश नम्बर १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश नम्बर २ को सिरहा, महोत्तरी, बारा र रौतहटका नागरिकले विवरण प्रविष्ट गर्ने प्रबन्ध मिलाइएको छ । 

विभागबाट नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्वकर्मचारी, विशिष्ट कर्मचारी तथा राष्ट्रिय सभागृहबाट राष्ट्रसेवक कर्मचारीका परिवारका सदस्यले परिचयपत्र दर्ता सेवा लिनसक्ने बताइएको छ ।

टिप्पणीहरू