चीनमा देखाइने अचम्मको कला, ‘चास्नीको चित्रकला’

चिनीलाई पकाएर बनेको घोल अर्थात् चास्नीबाट चित्र बनाउनु नै अचम्मको कला हो । चीनमा चिनी चित्रकला निकै प्रसिद्ध छ । 

शानडोङ प्रान्तको एक जना लोक कलाकारले चिनीबाट विभिन्न चित्र बनाउने गरेकी छन् । उनको कला देख्नेजति अधिकांश पहिले आश्चर्यचकित हुँदै पछि मुग्ध हुने गरेका छन् । चिनी अर्थात् चास्नी चित्रकलालाई चिनियाँ समाजमा परम्परागत कला मानिन्छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मिङ राजवंशको समयमा उक्त कलाको विकास भएको अनुमान छ । 

त्यसबेला सरकारी अधिकारीहरुले धार्मिक अनुष्ठानका लागि चिनीबाट विभिन्न आकृति बनाउने गर्दथे । त्यसपछि यो कला निकै लोकप्रिय बनेको विश्वास छ । चिनी चित्रकला चिनियाँ नागरिकको रचनात्मक सिर्जनालाई प्रतिनिधित्व गर्ने एउटा माध्यम बन्दै गएको छ । 

चीन सरकारले यसलाई प्रान्तीय गैर–सामग्री संस्कृति सम्पदाको रुपमा सूचीबद्ध गरेको छ । चिनी चित्रकला हेर्न जापान, स्पेनलगायत मुलुकबाट पर्यटहरु आउने गरेका छन् ।

भिडियो : सिन्ह्वा

टिप्पणीहरू