ताइवानसँग सैन्य सम्बन्ध नराख्न अमेरिकालाई चीनको चेतावनी

ताइवानसँग सैन्य सम्बन्ध नराख्न अमेरिकालाई चीनको चेतावनी

चीनले ताइवानसँग कुनै पनि किसिमको सैन्य सम्बन्ध नराख्न अमेरिकालाई चेतावनी दिएको छ । उसले ताइवानलाई सैन्यसामग्री उपलब्ध गराए ‘राम्रो नहुने’ भनेको छ ।  

अमेरिकाले ६१ अर्ब ९० करोड अमेरिकी डलरको सैन्य सामग्री ताइवानलाई बेच्न खोजेपछि चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार ताइवानलाई बिक्री गर्न लागिएको सैन्य सामग्रीमा एफ १६ विमान र क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलगायत अन्य धेरै हतियार छ ।

चीनले ती हतियार र सैन्य सामग्री ताइवानलाई बिक्री गरे अमेरिका र चीनबीचको सम्बन्ध झन् बिग्रने धारणा सार्वजनिक गरेको छ । चीनसँग सम्बन्ध सुधार्न चाहे अमेरिकाले ताइवानसँग कुनै पनि किसिमको सैन्य सम्बन्ध राख्न नहुने भन्दै चिनियाँ विदेश मन्त्रालयले प्रष्ट पारेको छ । 

विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘चीनले आफ्नो सार्वभौम सुरक्षाका लागि कसैसँग कुनै पनि प्रकारको सम्झौता गर्नेछैन ।’

टिप्पणीहरू