प्रदेशपछि निर्वाचन क्षेत्रमा रास्वपाको चासो
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ । रास्वपाले पार्टी सदस्यहरुबाट खुल्ला आवेदनमार्फत् निर्वाचन समिति गठन गर्न लागेको जनाएको छ ।
समितिमा रहन इच्छुक सदस्यले आउँदो चैत १५ गतेभित्र आवेदन दिनुपर्ने महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । पार्टीको आधिकारिक रास्वपा एपमा रहेको फाराम भरेर आवेदन दिने सकिने उनको भनाइ छ ।
‘समितिमा सम्मिलित हुन इच्छुक पार्टी सदस्यहरुले यही फागुन २० गतेदेखि चैत १५ गतेभित्र आवेदन दिनुहुन सूचित गरिन्छ । पार्टीको आधिकारिक रास्वपा एपमा रहेको आवेदन फाराममार्फत आवेदन दिन सकिन्छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै अनलाइन मतमार्फत् निर्वाचन क्षेत्र समिति गठन गरिने रास्वपाले जनाएको छ । रास्वपाले हालै सातै प्रदेशमा समिति गठन गरेको थियो ।
टिप्पणीहरू