बलिउडका ‘बिग बि’ सुटिङमा घाइते

बलिउडका ‘बिग बि’ सुटिङमा घाइते

चलचित्र सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका हुन् । 

एक्सन सिनको सुटिङका क्रममा करङमा चोट लागेपछि उनको हैदरावादमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको र हाल मुम्बईस्थित घरमा आराम गरिरहेका छन् । 

अभिताभ प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङमा थिए । आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले मांसपेशी फुटेको, हिँडडुल गर्न र श्वास फेर्न पनि समस्या भइरहेको बताएका छन् ।  

त्यसपछि सुटिङ रद्द गरिएको बताएका उनले औषधि सेवन गरिरहेको र निको हुन केही समय लाग्ने जानकारी दिएका छन् ।

टिप्पणीहरू