नारी दिवसमा सुनको भाउ घट्यो

नारी दिवसमा सुनको भाउ घट्यो

आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको भाउ प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो उक्त सुनको मूल्य प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य आज एक लाख एक हजार रुपैयाँ कायम भएको छ । हिजो  एक लाख दुई हजार रुपैयाँमा खरिद बिक्री भएको बताइन्छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको भाउ एक हजार २६५ रुपैयाँ थियो ।

टिप्पणीहरू