दक्षिण भारतमा फ्रान्सेली र भारतीय सेनाको संयुक्त अभ्यास

दक्षिण भारतमा फ्रान्सेली र भारतीय सेनाको संयुक्त अभ्यास

भारतीय र फ्रान्सेली सेनाले पहिलो पटक संयुक्त अभ्यास गरेका छन् । अभ्यासमा सहभागी हुन फ्रान्सेली सेनाको टोली केरलाको कोची शहर पुगेको हो । 

संयुक्त अभ्यासले भारत र फ्रान्सबीचको रक्षा सहयोगलाई बलियो बनाउने अपेक्षा राखिएको छ । अभ्यासमा तिरुवनन्तपुरममा रहेको भारतीय सेनाको टोली र फ्रान्सेली छैठौं लाइट आर्मर बिग्रेड कम्पनीको समूह समावेश भएको जानकारी दिइएको छ । 

दुई दिने अभ्यास केरलाको तिरुवनन्तपुरमको पांगोडे मिलिटरी स्टेशनमा आज सम्पन्न भएको हो । भारतीय रक्षा मन्त्रालयकाअनुसार संयुक्त सैन्य अभ्यासको मुख्य उद्देश्य दुई मुलुकका सेनाबीच रणनीतिक स्तरमा अन्तरसञ्चालन, समन्वय र सहयोग अभिवृद्धि गर्नु हो । 

अभ्यासमा संयुक्त मानवीय सहायता, विपद् व्यवस्थापन, आन्तरिक रुपमा विस्थापित जनसंख्यालाई शिविर स्थापनालगायतका कार्यहरु सिकाइनेछ । मन्त्रालयले भनेको छ, ‘संयुक्त अभ्यासले फ्रान्ससँग रक्षा सहयोगलाई बलियो बनाउनेछ, जुन व्यापक इन्डो–फ्रान्सेली रणनीतिक गठबन्धनको एक महत्वपूर्ण भाग हो ।’

दुवै मुलुकका सैनिकले नौसैनिक अभ्यास र गरुड नामको हवाई अभ्यास गरेका छन् । दुई मुलुकबीच सन् १९५० देखि रक्षाका विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान हुँदै आएको छ ।

टिप्पणीहरू