प्रधानमन्त्री विरुद्धको मुद्दा भोलिको इजलासमा

प्रधानमन्त्री विरुद्धको मुद्दा भोलिको इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा आज हेर्न नभ्याइएकाले भोलिलाई सारिएको छ । व्यक्ति हत्या स्वीकार गरेकाले कारबाही चलाउन आदेशको माग गरिएका दुईवटा रिटको सुनुवाई आजको इजलासले हेर्न नभ्याएपछि सारिएको हो । 

अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले दायर गरेको मुद्दा आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजालसको क्रम संख्या ‘घ’ मा परेको थियो । 

प्रधानमन्त्री प्रचण्डले दाहालले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी द्वन्द्वमा मारिएका १७ हजार नागरिकमध्ये पाँच हजारको जिम्मा आफूले लिने बताउनुभएको थियो । उहाँको उक्त धारणाको आधारमा  पक्राउ गरी सजाय गर्न माग गरिएको रिट अस्ति दर्ता भएको हो ।

टिप्पणीहरू