नयाँ राष्ट्रपतिलाई अमेरिकाबाट बधाई

नयाँ राष्ट्रपतिलाई अमेरिकाबाट बधाई

नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ । 

पौडेल राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा भएलगत्तै विज्ञप्ति जारी गर्दै सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले बधाई ज्ञापन गरेका हुन् । 'नेपालको तेस्रो राष्ट्रपतिका रुपमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पौडेलको जितले गौरव बढाएको महसुस भएको छ । पौडेलको सफल कार्यकालको शुभकामना व्यक्त गछौं,' विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नवनिर्वाचित राष्ट्रपतिलाई मुलुकको हितलाई केन्द्रमा राखेर अभिभावकीय भूमिका  निर्वाह गर्न समितिले सुझाव पनि दिएको छ । पौडेलको अभिभावकत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र थप मजबुद हुने विश्वास आफूहरूको रहेको विष्टले बताएका छन् ।

आज भएको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङको पक्षमा जम्मा १५ हजार ५१८ मतभार परेको छ । पौडेललाई नेपाली काँग्रेस र सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ९ दलले समर्थन गरेका थिए ।

टिप्पणीहरू