सिन्धुली बस दुर्घटना : एक बालकसहित पाँच जना घाइतेको सैनिक हेलिकप्टरबाट उद्धार

सिन्धुली बस दुर्घटना : एक बालकसहित पाँच जना घाइतेको सैनिक हेलिकप्टरबाट उद्धार

सिन्धुलीमा भएको यात्रुवाहक बस दुर्घटनाका पाँच जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । सेनाकाे एनए ०५८ अगस्टा हेलिकप्टरबाट उनीहरुलाई दिउँसो काठमाडौँ ल्याएर अस्पताल पुर्याइएको छ । 

एक बालकसहित सेना र प्रहरीका कर्मचारी गरी पाँच जनालाई तत्काल उद्धारगरी सैनिक हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । हेलिकप्टरमार्फत उद्धार गरिएकाहरुमा सनिश सेन्चुरी, सैनिक कर्मचारी दिपाशेर राई, नेपाल प्रहरीका कर्मचारी तेज कुमारी श्रेष्ठ, धुर्ब भुजेल र नाम नखुलेका अन्दाजी दुई वर्षका एक बालक रहेका छन्  ।

उनीहरुमध्ये एक जनालाई प्रहरी अस्पताल र बाँकी सबैलाई टिचिङ अस्पताल लगिएको छ ।

 ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान सिन्धुलीको फिक्कल गाउँपालिकामा दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

टिप्पणीहरू