झलनाथ खनालको निवासमा विप्लव र प्रकाण्ड
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लप’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकान्ड’ बीच छलफल भएको छ । तीन जना नेताबीच खनाल निवास डल्लुमा भेटघाट भएको हो ।
झण्डै दुई घण्टा भएको कुराकानी समयसामयिक राजनीति परिस्थितिमाथि केन्द्रीत रहेको बताइएको छ । तीनै जना नेता कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको नेकपा स्रोतको दाबी छ ।
साथै, आगामी दिनमा सबै वामपन्थीहरु बीचको एकताको सम्भावना बारेमा पनि विस्तृत छलफल भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू