नेपाल र भारतमा सकियो,अन्त अझै जारी (फोटो फिचर)

नेपाल र भारतमा सकियो,अन्त अझै जारी  (फोटो फिचर) फोटो : सिन्ह्वा

नेपालमा फागुपूर्णिमा अर्थात् होली गत साता मनाइयो । राजधानी काठमाडौंलगायत पहाडी जिल्लामा गत सोमवार तराई र भित्री मधेशमा भोलिपल्ट मंंगलवार मनाइएको थियो । 

भारतको राजधानी नयाँ दिल्लीलगायत धेरै भागमा होली मंगलवार मनाइएको थियो । तर, उत्तरपूर्वी राज्य त्रिपुरामा भने नेपालमा झैँ अघिल्लो दिन होली मनाइयो । 

श्रीलंका र थाइल्याण्डमा भने त्यसको एक सातापछि होली मनाइएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार श्रीलंकामा अस्ति शनिवार र थाइल्याण्डमा हिजो मनाइयो । हिन्दु धर्मावलम्बीहरुले मनाउने यो पर्व नेपाल र भारतमा झैँ श्रीलंका र थाइल्याण्डमा पनि लोकप्रिय मानिन्छ ।

टिप्पणीहरू