सिंहदरबारमा क्याबिनेट बैठक शुरु

सिंहदरबारमा क्याबिनेट बैठक शुरु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा क्याबिनेट बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको बताइएको छ ।

बैठकमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चारमन्त्री रेखा शर्मा, पर्यटनमन्त्री सुदन किराती, सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, खानेपानीमन्त्री अब्दुल खान र मुख्य सचिव शंकरदास बैरागीको उपस्थितिमा बैठक शुरु भएको हो ।

टिप्पणीहरू