काँग्रेसले उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई भोट हाल्ने,७ गतेपछि सरकारमा जाने

नेपाली काँग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन दिने औपचारिक निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भर्खरै उक् निर्णय गरेको हो ।

बैठकले उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरूका तर्फबाट साझा उम्मेदवार रहेका जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई समर्थन दिने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

काँग्रेसले यादवलाई समर्थन गर्दै सबै माननीय र प्रदेश सभा सदस्यहरूलाई उनको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । त्यसैगरी आगामी २०८० वैशाख १० गते चितवन क्षेत्र नम्बर २ लगायत क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिइएको छ ।

काँग्रेस प्रधानमन्त्रीले चैत ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकारमा जाने अवस्थामा रहेकोसमेत बुझिएको छ ।

टिप्पणीहरू