क्रिकेट खेल हेर्न प्रधानमन्त्री कीर्तिपुरमा

क्रिकेट खेल हेर्न प्रधानमन्त्री कीर्तिपुरमा

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको प्रतियोगिता हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भर्खरै त्यहाँ पुग्नुभएको छ ।

आज आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच प्रतिस्पर्धा भइरहेको छ ।

युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको छ ।
 

टिप्पणीहरू