स्पान नेशन कलेजमा भागबण्डा मिलाएर सर्वसम्मत, चुनाव नहुने

स्पान नेशन कलेजमा भागबण्डा मिलाएर सर्वसम्मत, चुनाव नहुने

दाङको घोराहीस्थित स्पान नेशन कलेजमा स्ववियु निर्वाचनअघि नै सर्वसम्मति भएपछि चैत ५ गते मतदान नहुने भएको छ । 

निर्वाचन अधिकृतले आज सूचना प्रकाशित गर्दै सोसम्बन्धी जानकारी दिएका हुन् । प्रकाशित सूचनाअनुसार नेकपा एमालेनिकट अनेरास्ववियुकी सीता घर्ती मगर स्ववियु सभापतिमा चयन भएकी छन् । 

त्यस्तै, नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)का रामबहादुर परियार उपाध्यक्षमा र अखिल (क्रान्तिकारी विप्लव) का तार्जन क्षेत्री सचिवमा निर्विरोध भएका छन् ।

कोषाध्यक्ष र सहसचिवमा नेपाली कांग्रेसनिकट नेविसंघका क्रमशः निशा डांगी र भाग्यलक्ष्मी भण्डारी निर्विरोध हुँदा सदस्यमा पनि सबै संगठनले बाँडेर भाग लगाएका छन् ।
 

टिप्पणीहरू