बानेश्वरका व्यापारी प्रकाशमानको अफिसमा

बानेश्वरका व्यापारी प्रकाशमानको अफिसमा

नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहसङ्ग नयाँ बानेश्वर क्षेत्रका व्यापारी र व्यवसायीहरुले भेटघाट गरेका छन् । उनीहरुले हिजो साँझ सिंहको सम्पर्क कार्यालय पुगेर आफ्ना समस्या र गुनासो पोखेको बताइएको छ ।

‘माननीयज्यूलाई हाल व्यवसायीहरुले भोग्न परेको समस्या र समाधानका उपायसहितको ध्यानाकर्षण पत्र बुझाइएको छ,’ भेटघाटमा सहभागी एक जना व्यवसायीले भने । 

उनीहरु समग्र उद्योग तथा व्यवसायको साथै सिंहसँग नयाँ बानेश्वर क्षेत्रका व्यापारीहरुको समस्या समाधानको आग्रह गर्दै छलफल गर्न पुगेका थिए । नयाँ बानेश्वर व्यापार संघका पदाधिकारीहरुको नेतृत्वमा व्यापारीहरु माननीयको कार्यालयमा गएको बताइएको छ ।
 

टिप्पणीहरू