चितवनमा बिहानीपख गाँजा तस्करी

चितवनमा बिहानीपख गाँजा तस्करी

चितवनमा गाँजा बोक्दै हिँडेको अवस्थामा प्रहरीले एक जनालाई पक्रेको छ । आज बिहान ६५ केजी गाँजा बोकेर हिँडेको अवस्थामा ३२ वर्षे चन्द्रबहादुर प्रजा समातिएका हुन् । 

उनलाई इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी नायव निरीक्षक पदमबहादुर बस्ताकोटीको नेतृत्वमा खटिएको टोलीले आज बिहान २ बजे चितवनको राप्ती नगरपालिका २ बाट नियन्त्रणमा लिएको हो । 

राप्ती नगरपलिका १२ का प्रजा ६५ केजी गाँजा बोकेर हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीमाथि थप अनुुसन्धान भइरहेको बताइएको छ ।
 

टिप्पणीहरू