उम्मेदवार नपाएकाले कोटेश्वर बहुमुखी क्याम्पसको चुनाव स्थगित

उम्मेदवार नपाएकाले कोटेश्वर बहुमुखी क्याम्पसको चुनाव स्थगित

कोटेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । निर्वाचन अधिकृत सुरेश पोखरेलले आज सूचना प्रकाशित गर्दै त्यसको जानकारी दिएका हुन् । 

उनका अनुसार हिजो बसेको बैठकले आज बिहान ७ बजेदेखि साढे ८ बजेसम्म तोकेको मनोयन दर्ता समयावधि तोकेकोमा कुनैपनि विद्यार्थी संगठनले मनोनयन दर्ता नगरेपछि निर्वाचन रोकिएको हो । आजको निर्वाचन स्थगित भएकाले अब सर्वपक्षीय सहमतिका आधारमा मात्र नयाँ कार्यतालिका प्रकाशन गरिनेसमेत उनले जानकारी दिए । 

सूचनामा भनिएको छ, ‘शनिबार सबै पक्षसँग बसेको बैठकको निर्णयअनुसार आज बिहान ७ बजेदेखि साढे ८ बजेसम्म मनोनयन दर्ता गर्ने सूचना प्रकाशित भएकोमा तोकिएको समयसीमा भित्र कुनैपनि विद्यार्थी संघ संगठनहरु मनोयन दर्ता गर्न नआएको हुनाले अब सबै विद्यार्थी संघ संगठनहरुको सहमतिमा मात्र नयाँ निर्वाचन प्रक्रिया अगाडि बढाउने व्यहोरा जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू