इथियोपियाको विमानमा सैनिक टोलीको आउजाउ

इथियोपियाको विमानमा सैनिक टोलीको आउजाउ

अफ्रिकाको सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ शान्ति सेनाको टोली हिजो स्वदेश फर्केको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिएको  जबरजंग गण (शान्ति सेना) एचआरपीबीको चौथो डफ्फा र सैनिक प्रहरी युनिट   (शान्ति सेना) सातौं डफ्फा स्वदेश फर्केको बताइएको छ ।

उक्त टोली बोकेर आएको इथियोपिया एअरलाइन्सको चार्टर उडानमा भवानीबक्स गण (शान्ति सेना) एचआरपीबीको पाँचौं डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) आठौं डफ्फाका १६८ जना शान्ति सैनिकको पहिलो टोली हिजो त्यसतर्फ गएको छ । प्रमुख सेनानी रितबहादुर रानाभाटको नेतृत्वमा टोली मिसनतर्फ प्रस्थान गरेको हो ।

मिसनमा तैनाथ जबरजंग गण (शान्ति सेना) र सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फाका १६८ जना शान्ति सैनिकहरु सेनानी रविन श्रेष्ठको नेतृत्वमा हिजो काठमाडौं आइपुगेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

टिप्पणीहरू