राष्ट्रपति टुँडिखेल जाने,प्रधानमन्त्री गोरखा पुग्ने

राष्ट्रपति टुँडिखेल जाने,प्रधानमन्त्री गोरखा पुग्ने

राष्ट्रपति रामचन्द्र पौडेल आज दिउँसो काठमाडौंको टुँडिखेल जानुहुने भएको छ । उहाँले नेपाली सेनाले आयोजना गर्ने घोडेजात्रा समारोहमा भाग लिने कार्यक्रम छ । 

राष्ट्रपति ३ बजे टुँडिखेल पुगेपछि घोडेजात्रा शुरु हुने नेपाली सेनाले जनाएको छ । उहाँ सेनाको परमाधिपति पनि हुनुहुन्छ । गत साता पदभार ग्रहण गरेपछि पहिलो पटक आज शीतल निवास बाहिरको औपचारिक कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा जान लाग्नुभएको छ । उहाँ बिहान १० बजे बालुवाटारबाट सोझै सिमपानी जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टर ९ N अगुस्तामा त्यसतर्फ जानुहुनेछ ।  उक्त हेलिकोप्टरलाई सेनाले ‘राम’ उपनाम दिएको छ ।
 

टिप्पणीहरू