प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने विप्लवसहित तीनजना गिरफ्तार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउन खोजेको आरोपमा प्रहरीले काठमाडौँबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमस्थलबाट आज दिउँसो उनीहरु समातिएका हुन् । गिरफ्तार परेकामा सोम शर्मा, विप्लव खड्का र अर्जुन पौडेल छन् । 

प्रहरीका अनुसार नयाँ बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा जातीय भेदभाव उन्मूलन दिवसको कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी थियो । प्रधानमन्त्री आउने थाहा पाएपछि हातमा कालोझण्डा लिएर कार्यक्रमस्थल बाहिर उभिएका उनीहरुलाई प्रहरीले तत्काल गिरफ्तार गरेको बताइएको छ ।  

गिरफ्तार परेका तीनै जनालाई प्रहरी वृत्त तीनकुने लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा पुगेकामध्ये खड्का बझाङका, बस्नेत सोलुखुम्बु र शर्मा बागलुङका हुन् ।

यो पनि...

1. दलहरूको अवस्था र घट्दो विश्वसनीयता

2. सरकारमा हिस्सा खोज्न समाजवादीद्वारा कार्यदल गठन

3. प्रधानमन्त्रीले गोरखा पुगेर नरिवल फुटाउनुभयो

4. सचिवको लगेज सोत्तर,डोकोमा सामान बोक्ने सवाल


 

टिप्पणीहरू