‘र’ प्रमुखलाई भेटे वकिल दिनेशले,नाम आयो पत्रकार देवप्रकाशको

‘र’ प्रमुखलाई भेटे वकिल दिनेशले,नाम आयो पत्रकार देवप्रकाशको

गत माघ २२ गते जनआस्थामा प्रकाशित समाचारमा उल्लेख गर्नुपर्ने नाम दिनेश त्रिपाठी हुनुपर्नेमा भूलबश देवप्रकाश त्रिपाठीको पर्न गएको तथ्य खुल्न आएको छ । उक्त दिन भारतीय खुफिया एजेन्सी ‘र’ का काठमाडौं प्रमुख राघवप्रसाद भट्नागरसँग अघिल्लो दिन भएको ‘मुलाकात’ को समाचारमा विशेष स्रोतको असावधानीका कारण वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको सट्टा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको नाम पर्न गएकोमा जनआस्था सम्पादन समूह क्षमायाचना गर्दछ ।

प्रायः पत्रकार ऋषि धमलासँग भेटघाट गर्ने भट्नागरले त्रिपाठीसँग भेटेको समाचारमा भूलबश दिनेशको सट्टा देवको नाम पर्न गएको सम्वन्धित ब्यक्तिबाटै आज बल्ल पुष्टि भएको हो । दिनेश अदालतको लफडा,रवि लामिछानेको पासपोर्ट काण्ड र राष्ट्रपति निर्वाचनलगायत विषयमा कुरा गर्न विशालनगर पुगेका थिए ।

उनको निवास विशालनगरमा भएको छलफल बिहान पौने १० बजेदेखि झण्डै साढे ११ बजेसम्म चलेको थियो । त्रिपाठीसँगको भेटपछि राघव पनि सँगसँगै निस्केका थिए । वरिष्ठ पत्रकार त्रिपाठीले आफूले माघ २१ गते कसैसँग नभेटेको उतिबेलै बताएका थिए । उनले भनेका थिए, ‘‘र’ प्रमुखसँग देखभेट नै भएको छैन ।’

यो पनि...

1. यसकारण ललितपुरमा एक्लो घोडा दौडाइयो

2. रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा मोहनविक्रम रिसले आगो

3. तत्काल निर्वाचन गराउन अनेरास्ववियुको माग

4. दलहरूको अवस्था र घट्दो विश्वसनीयता

टिप्पणीहरू