लागुऔषध पत्ता लगाउने कुकुरलाई ‘चिकेन लेग’ को माला

भिडियो : सिन्ह्वा

लागुऔषध खोजेर र सुँघेर पत्ता लगाएको प्रहरीको तालिमप्राप्त कुकुरलाई कुखुराको साँप्रा (चिकेन लेग) को माला लगाएर सम्मान गरिएको छ । 

दक्षिणपश्चिम चीनको युनान प्रान्तमा १२ दशमलव ४७ किलोग्राम ‘मेथोम्फेटामाइन’ नामक लागुऔषध फेला पारेपछि कुकुरलाई त्यसरी सम्मान गरिएको बताइन्छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार कुकुरले सुँघेर जमिनभित्र गाडिएको लागुऔषध भेटाएपछि प्रहरीले कुकुरलाई मनपर्ने कुखुराको मासु दिने निर्णय गर्दै पृरस्कृत गरेको हो । 

चिकेन लेगको माला बनाएर कुकुरको घाँटीमा लगाइदिएको भिडियो अहिले चीनमा भाइरल भएको छ । 

टिप्पणीहरू