ग्याँस सिलिन्डर बोकेको ट्रक सडकबाट झर्यो, तीन जना ठहरै

ग्याँस सिलिन्डर बोकेको ट्रक सडकबाट झर्यो, तीन जना ठहरै

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

मनकामना ग्यास सिलिन्डर लोड गरेर नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका-३ ताल पोखरीमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त ट्रक सडकबाट १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

ट्रकमा सवार चार जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको  दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए । मृत्यु हुनेहरुमा सवारी चालक ३० वर्षीय कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेका छन् । प्रहरीका अनुसार ट्रकका सहचालक प्रकाशन कुमाईको भने सकुशल उद्धार भएको छ । 

दुर्घटनाका यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू